नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । धनुषा, सहिदनगर नगरपालिका-७ धबौलीस्थित बाटो छेउमा सोही नगरपालिका-१ चिरैया बस्ने ५६ वर्षीय फुलगेन ठाकुर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै स्याङ्जा, आधिखोला गाउँपालिका-२ तिलिम बस्ने २८ वर्षीया बुनु सुनार सोही ठाउँस्थित हर्जमुनी जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । आइतबार बेलुकीदेखि हराएकी उनको खोजी गर्ने क्रममा जंगलको गोरेटो बाटोबाट करिब १ सय ५० मिटर तल शव फेला परेको हो ।
यस्तै नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पठखौलीस्थित आफ्नै फुपुको घरमा बस्दै आएका भारत विहार घर भएका ५२ वर्षीय चुल्हाई थारू सरावल गाउँपालिका-२ मनरीस्थित टेण्ट मुनी गएराति मृत अवस्थामा फेला परेका छन् । यता बाँके, बैजनाथ गाउँपालिका-५ बनकटवा बस्ने ६० वर्षीय हनिब बेहेना सोही ठाउँस्थित सडकको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता सुनसरी, इटहरी उपमहानगपरालिका-६ स्थित खोटाङे होटल एण्ड लजको कोठामा मोरङ विराटनगर उपमहानगरपलिका-३ बस्ने ६० वर्षीय भक्ति प्रसाद सिवाकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी भोजपुर, टेम्केमैयुङ गाउँपालिक-३ अन्नपूर्ण घर भएका ३३ वर्षीय राजन राई सोही गाउँपालिका-८ डाङडुङेस्थित चौतारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ताप्लेजुङ, सिरिजंघा गाउँपालिका-२ आम्बेगुदिनस्थित निमुखोलामा सोही ठाउँ ससुराली घरमा बस्दै आएका पाँचथर याङबरक गाउँपालिका-२ फर्पु घर भएका ३३ वर्षीय हरीचन्द्र खड्का बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क पछाडी नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता झापा, झापा गाउँपालिका-६ प्रणामी टोलमा कन्काई नगरपालिका-३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर भएका ५० वर्षीय कालीचरण शर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुनसरी, कोशी गाउँपालिका-३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।