नेपाल प्रहरीमा एक हजार ९ सय ५० जनाका लागि नयाँ भर्ना आव्हान (सूचनासहित)

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ९ सय ५० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ८ सय ५६ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ९४ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ५३ जना, हजामतर्फ ७ जना, कुचिकारतर्फ २० जना र खेलाडीतर्फ १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।



प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।

साथै प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा दरखास्त दर्ता गर्न इच्छुक उम्मेदवारहरूको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा मात्र दरखास्त फाराम दर्ता हुनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

सूचना

सम्बन्धित समाचार