एक करोड ८२ लाख रुपैयाँको नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । सुनसरी, इनरूवा नगरपालिका-४ बाट एक हजार दरका १८ हजार २५१ थान नक्कली नोट गरी जम्मा १ करोड ८२ लाख ५१ हजार नक्कली रूपैयाँसहित प्रहरीले आइतबार दिउँसो एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा भारत बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भन्ने मोहमद सैयाद साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको नक्कली नोट फेला पारी गाडीका चालक साफीलाई गाडीसहित पक्राउ गरेको हो ।



पक्राउ परेका साफीलाई सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार