नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।
क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा मासिक ४ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।