नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली, टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।