नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जम्मुडाँडाबाट नियन्त्रित लागूऔषध विनसिरेक्स ४७५ बोतलसहित हरिवन नगरपालिका-३ ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना।८ ख २०२२ नम्बरको सेफ्टी ट्याङ्करलाई जाँच गर्ने क्रममा सिट मुनि उक्त परिमाणको लागूऔषध फेला पारी मोक्तानलाई पक्राउ गरेको हो ।
साथै उक्त लागूऔषध ओसार पसारमा प्रयोग गरिएको ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।