नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।