नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे चोक डेरा गरी बस्ने ४३ वर्षीय सुजन गुरुङ आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सल्यान, बागचौर नगरपालिका-१२ सिल्ले गोठ बस्ने ५४ वर्षीय सेतिराम खत्री सोही ठाउँस्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रोल्पा, रोल्पा नगरपालिका-४ धाङ्सी खोलामा सोही नगरपालिका-१० धवाङ बस्ने २९ वर्षीय मनिष थापा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता झापा, बुद्धशान्ति गाउँपालिका-३ कन्चनबारीस्थित गोठमा हाल वतन नखुलेको अन्दाजी ४५ वर्षीय सबिन राई आइतबार मृत अवस्थामा फेला परेका छन् । यता धादिङ, निलकण्ठ नगरपालिका-१३ केरुङजामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका-१६ हरीपाउ देउराली डाँडा बस्ने ३८ वर्षीय हरि कुमार परियार सोही ठाउँस्थित वनपाले सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । फागुन ११ गतेदेखि हराई रहेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-९ सम्झना चोक बस्ने ६४ वर्षीया नर माया तामाङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।