देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन : रामबहादुर थापा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

आर्थिक अवस्था सङ्कटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको विकल्प नरहेको  नेता थापाले  बताए ।  उनले नयाँ गठबन्धनले राजनीतिक स्थिरतासँगै, सामाजिक एवं सांस्कृतिक अराजकताकोे सङ्कटपूर्ण अवस्थावाट जोगाउँदै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्रमुख प्राथमिकता रहेको बताए ।



उपाध्यक्ष थापाले नयाँ गठबन्धनले एमालेलाई नयाँ चुनौती र अवसर दुवै प्राप्त भएको भन्दै यो गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार