नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।
काभ्रे, नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनबिर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनबिरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।