नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ चैत ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा रुपन्देहीको भैरहवाबाट पक्राउ परेका छन् । उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी प्राप्त भएको छ ।
सुन तस्करी (भेप) प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए । रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।