सर्वोच्चले दियो दुर्गा प्रसाईँको पक्षमा यस्तो फैसला 

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ । सर्वोच्चले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेसँगै प्रसाईँको पक्षमा फैसला आएको हो ।

न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले सोमबार बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।



मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

सम्बन्धित समाचार