एभरेष्ट नेपालले दियो सबैलाई धन्यवाद !

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपालले आयोजना गरेको १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० लाई सफल गराउन प्रत्यक्ष वा परोक्ष रूपमा भूमिका खेल्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

शनिबार काठमाडौंको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष तथा सांस्कृतिक मेलाका संयोजक आरसी कोइरालाले १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० लाई भव्यताका साथ सफल पार्न अथक भूमिका खेल्ने कलाकारहरूदेखि अफिसियलहरू, आफ्नै टिमका सदस्यहरू, सहयोगी हातहरू, शुभचिन्तकहरू, प्रचार प्रसार गरेर सहयोग गर्ने पत्रकार तथा मिडियाहरू सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।



साँस्कृतिक मेला गत फाल्गुण १८ गतेदेखि फाल्गुण २७ गतेसम्म काठमाडौंदेखि देशका विभिन्न शहरहरूमा आयोजना गरिएको थियो । यस १२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालसहित १२ देशका करिब ३५० कलाकार तथा अफिसियलहरूको सहभागिता रहेको पनि आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले जनाएको छ ।

धन्यवाद कार्यक्रममा १२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलालाई सफल पार्न प्रत्यक्ष भूमिका निर्वाह गर्ने कलाकार, आयोजक टिमका सदस्यहरू, सहयोगी हातहरू तथा मिडियाहरूलाई प्रशंसापत्रसहित टोकन उपहार पनि प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार