नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । आइतबार भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले पराजित गरेको हो ।
जारी सिजनमा मुम्बईको यो पहिलो जित हो भने दिल्लीको चौथों हार । मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ ३४ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले४९ रन बनाए भने इशान किशनले ४२ रन जोडे ।
त्यसरी टिम डेभिडले २१ बलमा चार छक्का र दुई चौकाको मद्दतमा अविजित रहँदै ४५ रन बनाए भने कप्तान हार्दिक पाण्ड्याले ३९ रन जोड्दा रोमारियो सेफर्डले १० बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३९ रनको नटआउट इनिङ खेले । दिल्लीका लागि एनरिच नोर्तेजले २ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिँदा खलिल अहमेदको भागमा एक विकेट रह्यो ।
२३६ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र बनायो । दिल्लीको लागि लागि ट्रिस्टन स्टब्सले ७१ र पृथ्वी शाले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै अभिषेक पोरेलले पनि ४१ रन बनाए भने डेभिड वार्नरले १० रन जोडे । मुम्बईका लागि जेराल्ड कोट्जेले ४ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिंदा रोमारियो सेफर्डको भागमा एक विकेट रह्यो ।