नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
धनकुटाको धनकुटा नगरपालिका-३ कागते बस्ने बिनोद श्रेष्ठको छोरा तीन वर्षीय विवेक श्रेष्ठको आगोले जलेर आइतबार मृत्यु भएको छ ।
सोही ठाउँ बास्ने राजु श्रेष्ठले आफ्नो बारीमा झ्यास जम्मा पारेर आगो लगाई खेत जोत्न लागेको अवस्थामा नजिकै खेलिरहेका विवेक र राजु श्रेष्ठको छोरा १० वर्षीय रोशन श्रेष्ठ आगोले जलेर घाइते भएकोमा न्यूरो अस्पताल विराटनगर हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै विवेकको मृत्यु भएको हो ।
साथै घाइते रोशनलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल विराटनगरतर्फ रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।