सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर मुनि भरैव बस पकेट नजिक सडकमा तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं पेप्सिकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।त्यस्तै सप्तरी, हनुमाननगर कंकालिन नगरपालिका-१ सखरदहीस्थित सडकमा प्रदेश ३- ०१-०२२ च १३५० नम्बरको कार अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सोही नगरपालिका-१२ बस्ने सलमान अलीको छोरा ५ वर्षीय अहमद शेखको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ९ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै गुल्मी, चन्द्रकोट गाउँपालिका-७ ठुला रघुस्थित सडकमा लु.४ त ७७९० नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय ढक बहादुर घर्तीको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता रूपन्देही, मायादेवी गाउँपालिका-१ ऐरौलीस्थित सडकमा रोकी राखेको लु.३ त ६७३३ नम्बरको ट्याक्टरमा लु.३९ प ४१३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ महदेवा बस्ने ३० वर्षीय लक्ष्मण कहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य ३ जना उपचार पश्चात डिष्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता महोत्तरी, सोनमा गाउँपालिका-३ खखनास्थित सडकमा बीआर ३० क्यू ४३८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सर्लाही पर्सा गाउँपालिका बस्ने ३३ वर्षीय आलम साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडमी पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको थप उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार