म माथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु : सन्दीप लामिछाने 

नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन्  । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् ।



पहिलो पोस्टमा हाँसेको इमोजी मात्र सेयर गरेका उनले लामो समयदेखि आफूले पोस्ट नगरेको सबै भगवानको भरमा छाडेको लेखेका थिए । यस्तै, तेस्रोमा उनले आफूमाथि षड्यन्त्र भएको बताउँदै छिट्टै सबैको नाम सार्वजनिक गर्ने बताएका छन् ।

उनले अदालतको कानुन र आदेशको सम्मान गर्ने भन्दै यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने प्रतिज्ञा गरेका हुन् ।

सन्दीप लेख्छन् ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन् ।’ बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहर भएका जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।

यस्तो छ सन्दीपको स्टाटस :

सम्बन्धित समाचार