नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो । न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि अज्जको लागि सुनुवाइ भएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भएको थियो ।