नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने २६ वर्षीय समिर मगर र सोही नगरपालिका-२ बस्ने २७ वर्षीय सुजन कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सिटिसफारीमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लगूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।