नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
ठगी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने ३० वर्षीय प्रशान्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
थापा समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।