नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दका फरार प्रतिवादी नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३६ वर्षीय मनिष कार्की भनेर चिनिने मनिलाल बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मनिलाल बिक भएको उक्त मुद्दामा जिल्ला अदालत कास्कीबाट २०८१ वैशाख २ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।