सिक्किममा पूर्व मुख्य मन्त्री चाम्लिङनै पराजित, एसकेएमलाई ३२ मध्ये ३१ सिट

लोकसभाको चुनाव सकिएर परिणाम प्रतिक्षामा रहेको भारतका दुई राज्यमा भएको विधानसभा निर्वाचनमा त्यहाँका सत्ताधारी दलहरुले फराकिलो अन्तरको जित निकाल्दै दोस्रो पटक सरकार बनाउने पक्का भएको छ । अरुणाचल र सिक्किममा भएको विधानसभाको चुनावको परिणाम भने विपक्षी दलका लागि निकै पिडादायक बनेको छ।

सिक्किममा सताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले ३२ मध्ये ३१ सिटमा जित हासिल गर्दै पुने सरकार बनाउने पक्का गर्दा विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) ले भने एकमात्र सिट जितेको छ । उसका पूर्व सिएम पवन कुमार चाम्लिङ आफै चुनावमा पराजित भए । सिक्किमका मुख्य मन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) नेतृत्वको पार्टीले एकछत्र जित निकालेको हो ।



त्यस्तै अर्को प्रदेश अरुणाचनलमा भएको निर्वाचनमा भारतीय जनता पार्टीले पुन सरकार बनाउने भएको छ । भाजपाले ६० मध्ये ४६ सिटमा जित हासिल गरेको हो। भाजपा यो प्रदेशमा पहिलेनै १० सिटमा निर्विरोध भएको थियो । यहाँ कांग्रेसले १ सिट जित्दा नेशनल पिपुल्स पार्टी (एनपीपी) ले ५ सिट हात पार्यो । त्यस्तै एनसीपीले ३ र पिपिएले २ सिट जिते स्वतन्त्रले ३ सिट हा पारे ।

अरुणाचलमा भाजपाले सबै ६० सिटमा चुनाव लड्दा कांग्रेसले भने १९ सिटमा मात्र चुनाव लडेको थियो । अरुणाचल र सिक्कीममा विधानसभाका लागि १९ अप्रिलमा एक चरणमा मतदान भएको थियो ।

२०१९ मा अरुणाचलमा ४२ सिट जितेर भाजपाले सरकार बनाएको थियो । त्यस्तै सिक्किममा एसकेएमले ३२ मध्ये १७ सिटमा जित निकालेर सरकार बनाएको थियो ।

सम्बन्धित समाचार