प्रहरी जवानद्वारा आत्महत्या

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उहाँले जानकारी दिनुभयो ।



घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

सम्बन्धित समाचार