छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं महानगरपालिका-३२ जडिबुटी आकाशेपुल नजिक सडकमा बा.३ क ३०५३ नम्बरको टिपर र बा.प्र.०२-०३९ प ९९५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमाउपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



रौतहट

चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा सर्लाहीको भरत तालबाट बाराको पिलुवातर्फ जाँदै गरेको बिआर ०५ ए टि ५९६३ नम्बरको स्कारपिओ गाडी अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही-४ बस्ने ३५ वर्षीय तमन्ना शेखको निजगढ सामुदायिक अस्पताल बारामा र ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंज गण्डक पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार ३ जनामध्ये २ जनाको ट्रमा सेन्टर चपुर र १ जनाको वीरगंज हेल्थकेयर पर्सामा उपचार भइरहेको छ । स्कारपिओ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर,

भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बा.१३ च २२६५ नम्बरको सुमो गाडीको ठक्करबाट बाग्लुङ गल्कोट नगरपालिका- १० बस्ने ३५ वर्षीय मन बहादुर घर्तीको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली,

टीकापुर नगरपालिका-७ स्थित सडकमा से.१ ह १०९५ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया पटारी चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी,

राजगढ गाउँपालिका-३ नर्घोस्थित सडकमा ना.८ ख ६४१० नम्बरको ट्रक र स.११ प ५१३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ नर्घो बस्ने ४५ वर्षीय छुतहरू मण्डलको घट्नास्थलमै मृत्यु भएको छ ।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ महुली पुलस्थित सडकमा ना.५ ख ३६१९ नम्बरको ट्रकले प्र.२-०१-००३ प ८३३७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३८ वर्षीय हेमनारायण बिराजीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरी, कंचनरूप नगरपालिका-८ बेरियर चोकमा ना.५ ख ११७६ नम्बरको बस र मे.१ ख १९९४ नम्बरको बस एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.१ ख १९९४ नम्बरको बसमा सवार सिराहा लहान नगरपालिका-१९ बस्ने ३० वर्षीय प्रकाशचन्द्र सिंहको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर,

बेदकोट नगरपालिका-७ डाउना होटेल नजिक सडकमा से.१ त ३३६८ नम्बरको ट्याक्टरमा सु.प.प्र.०२ ००३ प ६९७० नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भिमदत्त नगरपालिका-१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु भएको छ । दु

र्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको नबजीबन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा,

मेचिनगर नगरपालिका-१५ लालझोडास्थित सडकमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मेचिनगर नगरपालिका-१० बस्ने २२ वर्षीय राजिब दनुवारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार