सुनको मूल्य तोलामा २७ सयले घट्यो

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला दुई हजार सात सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार निर्धारण भएको छ ।



यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय १५ निर्धारण भएको छ ।

सम्बन्धित समाचार