तोलामा एक हजारले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।



चाँदीको मूल्य तोलामा  २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० निर्धारण भएको छ ।

सम्बन्धित समाचार