नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
म्याग्दी, धौलागिरी गाउँपालिका-५ मलम्पार बस्ने ४२ वर्षीय धन बहादुर छन्त्यालको हत्या गरेको अभियोगमा उनकै भाइ ३९ वर्षीय सोम बहादुर छन्त्याललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा घरायसी विवाद भई एक आपसमा झै-झगडा हुँदा सोम बहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।