नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट आठ जना फेला परेका छन् । सप्तरी, खडक नगरपालिका-८ बिसनपुर स्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भा देवी चौधरी कलवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै पाल्पा, माथागढी गाउँपालिका-४ झडेवा स्थित झडेवा खोलामा सोही गाउँपालिका- ४ बस्ने ७९ वर्षीया पदम कुमारी घर्ती क्षेत्री बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी पाल्पा, रम्भा गाउँपालिका-१ सर्दी स्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङ, रतुवामाई नगरपालिका-१० कट्नु नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता बाँके, कोहलपुर नगरपालिका-२ सिद्धनगर बस्ने ६२ वर्षीय रूद्रलाल पौडेल आफ्नै घर बाहिर धारामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता बागलुङ, गल्कोट नगरपालिका-११ रिघा स्थित दरम खोलाको बगरमा सोही नगरपालिका-४ नुवाकोट बस्ने ४४ वर्षीय प्रमानन्द सुबेदी बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं महानगरपालिका-९ सिनामंगल स्थित निर्माणाधीन घरको पानी संचित गरेको अन्डरग्राउण्डमा काठमाडौं सिनामंगल भत्केको पुल बस्ने मोरङ सुनवर्सी नगरपालिका- ९ घर भएका ६० वर्षीय विनोद राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी नवलपरासी पश्चिम, सुनवल नगरपालिका-६ भर्लावास खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।