नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ, भिमाद नगरपालिका-८ राङरूङ बस्ने ३० वर्षीय विरेन्द्र परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती बालिकालाई सोही नगरपालिका-८ अर्चलेस्थित मकै बारीमा मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।