सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । खोटाङ, साकेला गाउँपालिका-१ बाँझेस्थित सडकमा प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्याक्टर मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने २१ वर्षीय जिवन देउजाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अर्का एक जनालाई उपचारको लागि घोपा अस्पताल धरान रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै झापा, गौरादह नगरपालिका-१ सितापुरी चोकस्थित सडकमा बा. ७० प १८१ नम्बरको मोटरसाइकल र मे. ६ प ५८१ नम्बरको मोटरसाइकल मंगलबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बा. ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-५ बस्ने २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे. ६ प ५८१ नम्बरको मोटरसाइकल चालकलाई निम्स अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रिफर गरिएको छ ।

यता काठमाडौं महानगरपालिका-४ शंखपार्कस्थित सडकमा बा.प्र.०२-००६ प ८३०६ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०३४ प ३९७२ नम्बरको मोटरसाइकल र बा. ६३ प ८६०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुदाँ बा.प्र.०२- ००६ प ८३०६ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरत गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको चिरायू अस्पताल वसुन्धारामा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-४ हाइवे सिचाइ कार्यालयस्थित सडकमा यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासा बस्ने ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ चाँदनीस्थित सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करिब ३५ पुरुष व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक जनालाई सोही अस्पताल हुँदै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा थप उपचार भइरहेको छ ।

सम्बन्धित समाचार