नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै तीन सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार छापावाला सुन तोलामा रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको थियो ।
बुधवार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो । यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ४९ हजार १०० मा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४८ हजार ८०० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा रु ३५ ले घटेको छ । बुधबार तोलामा रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।