नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४६ हजार २०० रहेकोमा शुक्रबार रु १ लाख ४७ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४५ हजार ५०० रहेकामा आइतबार प्रतितोला रु १ लाख ४६ हजार ८०० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजार ८१० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८३० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।