नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ, रावाबेसी गाउँपालिका-२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती महिलालाई आफ्नै घरमा लगि आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।