सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार तोलामा पाँच सय रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।

स्थानीय बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४९ हजार ९०० रहेकोमा बिहीबार रु १ लाख ४९ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४९ हजार ४०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख ४८ हजार ९०० मा कारोबार भएकोे थियो ।

यता आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा पाँच रुपैयाँ घट्दै एक हजार ७९५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजर ८०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । यसअघि साउन २ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार