मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गर्नुभएको हो ।

उहाँको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्थ्यो ।

सम्बन्धित समाचार