नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । अछाम, चौरपाटी गाउँपालिका-१ सिउडीस्थित चुलाखान सामुदायिक वनमा खोटो संकलनको काम गर्ने रोल्पा, रोल्पा नगरपालिका-३ सातदोबाटो घर भएका ४० वर्षीय भबिलाल घर्ती मगर सोही चुलाखान सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१४ सुन्दरबस्ती केरूङ्गामा सोही महानगरपालिका शान्तिपुर बस्ने ४८ वर्षीय शिवहरी कोईराला सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै डडेल्धुरा, पर्शुराम नगरपालिका-१० बागथली बस्ने ३२ वर्षीय अम्मर बहादुर बिष्ट सोही ठाउँस्थित बागथली जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता कास्की, पोखरा महानगरपालिका-२७ कुमालगाउँ बस्ने ४१ वर्षीया बलिमाया थापा कुमाल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यता नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१४ ऐचावल बस्ने २८ वर्षीय सुरज हरिजन सोही ठाउँस्थित माछा पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।