नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य एक हजार २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५२ हजार १०० रहेकोमा आइतबार रु १ लाख ५३ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा ४५ रुपैयाँ घट्दै एक हजार ७५० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७९५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।