नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य १०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५२ हजार २०० रहेकोमा आइतबार रु १ लाख ५२ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ७५५ मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । गत भदौ २१ गते शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।