नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टीकाटिप्पणी भइरहेको बताउनुभएको छ ।
धनगढीमा सोमबार बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टिकाटिप्पणी भइरहेका भन्नुहुँदै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राख्नुभयो ।
“जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उहाँले भन्नुभयो,“यस विषयमा समितिले विधि र पद्दतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।”
त्यस्तै पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी गर्नुभयो । उहाँले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताउनुभयो ।
यस्ता उहाँले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विषेश समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ । यता पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उचारचडाबबाट बिचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।