नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । उदयपुर, चौदण्डीगढी नगरपालिका-९ राई डाँडा बस्ने ६५ वर्षीय गोरेमान राई सोही ठाउँस्थित सार्वजनिक गगटे पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पर्सा, पकहा मैनपुर गाउँपालिका-१ धोरेस्थित मलंग पोखरीमा सोही ठाउँ माईती घर भएकी भारत बिहार पश्चिम चमपारण गबरौल बस्ने २० वर्षीया अन्जली कुमारी महतो शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता काठमाडौं महानगरपालिका-२५ असन उग्रतारा डेरा गरी बस्ने भारत विहार घर भएका ५० वर्षीय संजय शर्मा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, शिवसताक्षी नगरपालिका-८ सितल चोक बस्ने ४१ वर्षीय राम प्रसाद सिटौला आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता सर्लाही, ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बस्ने ६० वर्षीया सुमित्रा साह सोही ठाउँस्थित सुकनाहा पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।