सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकस्थित सडकमा उदयपुरबाट झण्डा चोकतर्फ जाँदै गरेको प्र.१-०२-०४४ प २७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका-८ बस्ने ६२ वर्षीय योगेन्द्रराज तामाङको मृत्यु भएको छ ।

आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । त्यस्तै धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ दमारस्थित सडकमा सिराहाबाट चिसापानीको दमारतर्फ जाँदै गरेको ना.४ च ६९२९ नम्बरको बलेरो पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय टंक कुमार सुनुवारको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रामेछाप, मन्थली नगरपालिका-५ सोनारपानीस्थित सडकमा मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा.१८ च १८३९ नम्बरको डवल क्याप बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सोही नगरपालिका-४ गैंडाथोक बस्ने ६० वर्षीया पदम माया नेपालीको घटनास्थलमै र गम्भीर घाइते भएका ६९ वर्षीय दिलिप कुमार वरूवालको सामुदायीक अस्पताल मन्थली हुँदै धुलिखेल अस्पताल काभ्रेमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने जिपका चालकलाई थप उपचारको लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ ।

उता सर्लाही, चन्द्रनगर गाउँपालिका-४ स्थित सडकमा ज.८ प ६७७८ नम्बरको मोटरसाइकललाई बिआर ३० एएम ५१४५ नम्बरको मोटरसाइकलले आइतबार दिउँसो ठक्कर दिँदा ज.८ प ६७७८ नम्बरको मोटरसाइकलमा सवार चन्द्रनगर गाउँपालिका-७ खड्का टोल बस्ने ३० वर्षीया सुष्मिता चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेश्नल मेडिकल कलेज वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको अमृत हेल्थ कियर बयलबासमा उपचारको लागि पठाइएकोमा बिआर ३० एएम ५१४५ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर धनुषा पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार