नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारा गेट नजिक सडकमा बाग्मती प्रदेश ०२-०५१ प ५५१६ नम्बरको मोटरसाइकल र बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल चालक तारकेश्वर नगरपालिका-३ तिनपिप्ले आठमाईल बस्ने ४४ वर्षीय केदार ढकालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बालाजुस्थित सिल्भर लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.५४ प ५३८७ नम्बरको मोटरसाइकलमा सवार १ जना तथा प्रदेश ०२-०५१ प ५५१६ नम्बरको मोटरसाइकलका चालक र सोही मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बुद्धचोकस्थित सडकमा म.प्र.०३-००२ ख ०८३१ नम्बरको ट्रकले लु.८४ प ३३४५ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा तिनाउ गाउँपालिका-२ दोभान बस्ने ६५ वर्षीय हरि प्रसाद पाण्डेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बाँके, राप्तिसोनारी गाउँपालिका-४ धामपुर बर्का टोलमा भे.७ प ४३४० नम्बरको मोटरसाइकल र भे.१२ प ८४२० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा भे.७ प ४३४० नम्बरको मोटरसाइकल चालक नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने ४७ वर्षीय लोक बहादुर बङसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.१२ प ८४२० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता काठमाडौं महानगरपालिका-२ लैनचौरस्थित सडकमा बा.७९ प ५४७८ नम्बरको स्कुटर र बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका- ५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बा.७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता चितवन, खैरहनी नगरपालिका-१ बहेराचोकस्थित सडकमा प्र.२-०३-००१ च ५९५९ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री रौतहट कटहरिया नगरपालिका-१ बस्ने ७० वर्षीय लोचन यादवको बुधबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी रोल्पा, सुनिलस्मृति गाउँपालिका-२ खुङ्ग्रिस्थित सडकमा लु.४० प २३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ धारापानी बस्ने ८४ वर्षीय रूद्र गिरीको बुधबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।