स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क बस्ने ४० वर्षीय बिरेन्द्र सिजापतीलाई स्रोत नखुलेको ३ लाख ८८ हजार २ सय भारतीय रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सिजापतीले संचालन गरेको क्षेत्र किराना पसल तलासी गर्दा उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको छ ।

सम्बन्धित समाचार