मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं, काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै पाँचथर, फिदिम नगरपालिका-१२ भोटे गाउँस्थित भित्री सडकमा फालेलुङ गाउँपालिका-७ बस्ने ५५ वर्षीया देवी माया रिमाल (तामाङ) शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै झापा, बुद्धशान्ती गाउँपालिका-३ गोस लाईन बस्ने ६९ वर्षीय धन बहादुर कुमाल सोही ठाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता धनकुटा, सहिदाभुमि गाउँपालिका-४ बस्ने २७ वर्षीय लुरे भन्ने ताईजन बिक सोही गाउँपालिका-४ खोकु नस्पती चोकस्थित सकड छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देही, देवदह नगरपालिका-१२ सरदारपुरस्थित रोहिणी खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार