मिर्गौला पीडितका लागि छ लाख सङ्कलन

तनहुँको देवघाट गाउँपालिका–२ नरम निवासी मिर्गाैला पीडित ४९ वर्षीय यमबहादुर थापाको उपचारका लागि रु छ लाख सङ्कलन भएको छ ।

तीन वर्षदेखि सञ्चालित ‘यमबहादुर थापा बचाऊ’ अभियानबाट उक्त रकम सङ्कलन भएको हो । अभियानका संयोजक हीरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन् ।

कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लव, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गर्नुभएको थियो ।

सम्बन्धित समाचार