मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । भोजपुर, भोजपुर नगरपालिका-१० डाडाँखर्क बस्ने ३७ वर्षीया सरिता राई सोही नगरपालिका जिमि गाउँस्थित माईती घरको अलैंची बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

प्रहरीले उनकै श्रीमान्‌लाई आवश्यक अनुन्धानको लागि नियन्त्रणमा लिएको छ । त्यस्तै गोरखा, गोरखा नगरपालिका-७ बेलडाँडा बस्ने ५६ वर्षीय ईश्वर थापा आफ्नै घर नजिकैको कटेरोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै दार्चुला, नौगाड गाउँपालिका-५ सिप्टी बस्ने ५६ वर्षीय अकबिर सिंह धामी सोही ठाउँस्थित रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता सर्लाही, लालबन्दी नगरपालिका-१४ नारायण खोला टोल घर भई सोही नगरपालिका-८ शान्ती टोल डेरा गरी बस्ने २५ वर्षीय अर्थ बहादुर वाइवा आफ्नै कोठामा गए राति मृत अवस्थामा फेला परेका छन् ।

यता ललितपुर, ललितपुर महानगरपालिका-५ महालक्ष्मी स्थान नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार