३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, कञ्चन गाउँपालिका-४ बस्ने ४५ वर्षीय निर्मल थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार