मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पाँचथर, हिलिहाङ गाउँपालिका-७ ग्वारे बस्ने ५९ वर्षीय कृष्ण बहादुर तामाङ फिदिम नगरपालिका-११ हेवाखोलास्थित पाँचथर पावर कम्पनीको ड्याममा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै चितवन, इच्छाकामना गाउँपालिका-४ लेवाटारस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार