यात्रुवाहक गाडी नदीमा खस्दा आठ जनाको मृत्यु

दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले सिन्ह्वालाई बताउनुभयो ।

पुलको जीर्ण अवस्था, ओभरलोडिङ र लापरवाही सवारीसाधन नै यस दुर्घटनाको मुख्य कारण हो । पहाडी मध्य एसियाली देश अफगानिस्तानमा सडक दुर्घटनाहरू सामान्य छन् ।

प्रायः खराब ड्राइभिङ, भीडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग र पुराना सवारी साधनहरूको कारणले गर्दा दुर्घटना हुने गर्छ ।

सम्बन्धित समाचार