नवकान्तिपुर संवाददाता
काठमाडौँ, २ मङ्सिर l
जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।
स्थानीय तह उपनिर्वाचन–२०८१ मा आज उम्मेदवारी दर्ता गराउनुभएका उहाँ निर्विरोध निर्वाचित हुनुभएका नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्नुभएका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा भट्टराईलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबै दललाई धन्यवाद व्यक्त गरिएको छ ।